PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

चितवन राष्ट्रिय निकुञ्जमा मृत बाघ फेला



राधेश्याम पटेल

चितवन राष्ट्रिय निकुञ्जमा मृत बाघ फेला

चितवन : चितवन राष्ट्रिय निकुञ्जभित्र एउटा बाघ मृत फेला परेको छ।

राष्ट्रिय निकुञ्ज अन्तर्गत ठोरी-३ स्थित वेदघारी सामुदायिक वन क्षेत्रमा वयस्क बाघ मृत फेला परेको हो। बुधवार सामुदायिक वन क्षेत्रमा घाँसदाउरा लिन गएका स्थानीयले गाउँबाट करिब १ किलोमिटर भित्र जंगलमा मृत अवस्थामा रहेको बाघ फेला पारेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बाल कुमार बस्नेतले जानकारी दिए।

उक्त बाघ बंगाल टाइगर प्रजातिको भएको बताउँदै उनले मृत्यु हुनुको कारण अनुसन्धानपछि मात्र खुल्ने बताए। चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराबाट पशु चिकित्सकसहितको विज्ञ टोली घटनास्थलमा पुगेको अध्यक्ष बस्नेतले बताए।

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले निकुञ्जका अनुसन्धान टोली घटनास्थल स्थलमा पुगिसकेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell