PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

आइपुगिन् आशा भोस्ले, विमानस्थलमा यस्तो स्वागत

आइपुगिन् आशा भोस्ले, विमानस्थलमा यस्तो स्वागत

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रसिद्ध गायिका आशा भोस्ले बुधवार दिउँसो काठमाडौं आइपुगेकी छिन्। साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा उनी काठमाडौं उत्रेकी हुन्। उनलाई विमानस्थलमा साधनाका सञ्चालक मिलन मोक्तानलगायतले स्वागत गरे।

भोस्लेले शनिवार संगीतकार रणजीत गजमेरको संगीतमा केही गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक मोक्तानले जानकारी दिए।

'उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ', मोक्तानले भने।

असी वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ।

'यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर', 'म प्यार बेचिदिन्छु', 'गैरीखेतको शिरै हान्यो', 'मोहनी लाग्ला है', 'झझल्को लिएर आएछ सावन', 'साउने झरीमा', 'नयाँ नयाँ सजाऔँ है संसार', 'के सोचेँ मैले के भयो अहिले', 'किन बढ्दै छ ढुकढुकी मुटुको', 'पहाडको माथिमाथि', 'तिम्रो मनमा लुकेको कुरा', 'टाढा भइ नजाऊ कहिल्यै' लगायत थुप्रै नेपाली गीत गाएकी छिन्।

'नेपाल भ्रमण वर्षलाई प्रवर्द्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने छ,' मोक्तानले भने।



ट्रेन्डिङ पोस्ट

Ncell