
काठमाडौं : प्रहरीले मोटरसाइकल चोरी गर्दागर्दै एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–११ का सुवास श्रेष्ठ रहेका छन्। महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले चन्द्रागिरि नगरपालिका-११ सिप्रदी कार्यालय नजिकै सडकखण्डमा मोटरसाइकल चोरी गर्दागर्दै उनलाई नियन्त्रणमा लिएको हो।
प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक खेमराज रावतले बा १० प ३१६८ नम्बरको स्प्लेन्डर मोटरसाइकल चोरी गर्दागर्दै पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ।