PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु



रासस

जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

राजविराज : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा स्कोरपियो जीप र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको राजगढ गाउँपालिका-६ बस्ने ३५ वर्षीय राकेशकुमार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

यस्तै मोटरसाइकलको पछाडि सवार सोही गाउँपालिका बस्ने ३५ वर्षीय प्रभात यादवको राजविराजस्थित गजेन्द्र नारायण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी उपरीक्षक भारतीले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको च १ च १३८१ नम्बरको स्कोरपियोले विपरीत दिशाबाट आउँदै गरेको स १० प ८२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell