PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

के थियो त्यस्तो कारण जसले रामकृष्ण ढकाल र निलम शाहको सम्बन्ध तोड्यो? निलमको तर्क यस्तो छ



सविन ढकाल

के थियो त्यस्तो कारण जसले रामकृष्ण ढकाल र निलम शाहको सम्बन्ध तोड्यो? निलमको तर्क यस्तो छ

काठमाडौं : चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीच सम्बन्ध विच्छेद भएको खबरले धेरैलाई आश्चर्यचकित बनायो। शान्त स्वभाव र संघर्ष गर्दै गायनमा स्थापित भएका ढकालका फ्यानहरुका लागि यो समाचार आफैँमा अप्रत्यासित थियो। आखिर यो जोडीले सहमतिमै किन बैबाहिक सम्बन्ध तोड्न पुग्यो त?

बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो। ढकालकी श्रीमती शाहले सम्वन्ध विच्छेदको लागि अदालतमा निवेदन दिएकी थिइन्।

जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले सम्वन्ध विच्छेदको निर्णय सुनाएको हो।

किन सम्बन्ध विच्छेद?

रामकृष्ण ढकालले समय नदिएपछि विवाद बढ्दै जाँदा उत्कर्षमा पुगेको जनाउँदै निलमले सम्बन्ध विच्छेदको निर्णयमा पुगेको उल्लेख गरेकी छिन्। उनले अदालतमा दायर गरेको निवेदनमा भनेकी छिन्-

'विवाह भएपछि शुरुका केही समयसम्म हामीहरु बीचको दाम्पत्य सम्बन्ध सुमधुर नै रहेकोमा विपक्षी पति आफ्नो काममा प्राय सधैं नै व्यस्त रहने कारणले घर परिवारलाई उचित समय दिन सक्नुभएको थिएन। हामीहरुलाई केही समय दिनुस, पति तथा पिताको दायित्व पूरा गर्नुस् भनी बारम्बार भन्दा आफ्नो कार्य व्यस्तताले हामीहरुलाई उचित समय दिन सक्नु भएन। यसैकारणले हामीहरुको बीचमा मनमुटाव तथा सामान्य झै झगडा समेत हुन थाल्यो।'

गायक ढकाल र शाह बीच २०५९ मंसिर १४ गते विवाह बन्धनमा बाँधिएका थिए। निलमले श्रीमानलाई पटक पटक विदेश जान र उतै बस्न समेत दवाव दिएको तर गायक ढकालले नमानेको अदालतमा बुझाएको निवेदनमा उल्लेख छ।

'मैले हामीसँग विदेश जाउँ, त्यहाँ हामो भविष्य उज्वल छ भनी सम्झाउँदा उहाँले म नेपालमा नै केही गर्न चाहन्छु। मेरो पेशाको भविष्य पनि नेपाल मै छ भन्नुभयो,' विवादको कारण उल्लेख गर्दै शाहले निवेदनमा लेखेकी छिन्।

मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्वन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ। त्यही व्यवस्थालाई टेकेर दुवैको सहमतिमा उनीहरुको सम्बन्ध विच्छेद भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell