PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पर्साका ३४५ जनामा एचआइभी, २६ बालबालिका पनि संक्रमित



राधेश्याम पटेल

पर्साका ३४५ जनामा एचआइभी, २६ बालबालिका पनि संक्रमित
फोटो : news.sky.com

वीरगंज : गरिबी, अशिक्षा तथा जनचेतनाको अभावमा पर्सामा अवोध बालबालिका पनि खतरनाक रोग एचआइभी रोगको सिकार भइरहेका छन्। एचआइभी रोग लागेका बाआमाले सन्तान जन्माउनुभन्दा पहिले आफ्नो रगत परीक्षण नगर्दा उनीहरुबाट जन्मिने बालबालिकामा पनि एचआइभी संक्रमण देखा पर्ने गरेको पाइएको छ। नारायणी अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. मनोजकुमार गुप्ताले जनचेतनाको अभावमा यो रोगको सिकार बालबालिका भइरहेको बताएका छन्। 

पर्सामा २०६२ सालदेखि हालसम्म पर्सामा हालसम्म यो रोगबाट ३५ जनाको मृत्यु भइसकेको छ भने हालैको तथ्यांकअनुसार  ३ सय ४५ जना संक्रमित रहेका छन्। जसमध्ये महिला १२४ जना, १८४ जना पुरुष, ११ जना तेस्रोलिंगी र २६ जना बालिबालिका रहेका छन्। त्यसैगरी, वीरगंज महानगरको ३२ वटा वडाको तथ्यांक हेर्ने हो भने जम्मा २११ जना एचआइभीको संक्रमित रहेको नारायणी अस्पतालका दम तथा छाती रोग विशेषज्ञ एवं एचआईभी शाखाका प्रमुख डा. गुप्ताले बताए। वीरगंजको २११ मध्ये ११६ जना पुरुष,७४ जना महिला,८ जना तेस्रोलिंगी र १३ जना बालबालिका रहेको पाइएको छ।

डेढ दशकअघिबाट वीरगंज आसापासमा यस रोगको पहिचान तथा निशुल्क उपचार नारायणी अस्पतालमा शुरु भइसकेको उनले बताए। रोग प्रतिरोधात्मक शक्तिलाई क्षण गर्दै शरीरलाई कमजोर पार्दै ज्वरो आउनु,तौल घटनु, छालासम्बन्धी रोग लाग्नु,पटकपटक डायरिया लाग्नु,टिबीको रोग लाग्नु जस्ता रोगको लक्षणहरु एचआईभी रोगको पनि लक्षण भएको डा. गुप्ताले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell