PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु



रासस

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

इनरुवा : सुनसरीको धरान उपमहानरपालिका-१५ मा श्रीमानको कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ।

मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए। श्रीमान काजीमान र रमिलाबीच घरायसी वादविवाद भई कुटपिट भएको थियो।

कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए। प्रहरीले श्रीमतीको हत्यामा संलग्न काजीमानलाई पक्राउ गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell