
पोखरा : जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गतको आजको इलिमिनेटर खेलमा बुटवल ब्लास्टर्सलाई हराउँदै विराटनगर टाइटन्स फाइनलमा प्रवेश गरेको छ।
टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो।
विराटनगरले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवल अन्तिम बलमा अल आउट हुँदै १ सय ४४ रनमा मात्रै बनायो। बुटवलका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए। त्यस्तै अफ्तावउद्दी अहमेदले ४३ रन बनाउँदा पुरन बिकेले १५ तथा शिभम सिंहले १४ रन बनाए।
विराटनगरका लागि शहव आलम र पुनीत मेहराले ३/३ तथा किशोर महतो, जितेन्द्र मुखिया र मुहम्मद जाइद आलमले समान १ विकेट लिए।
यसअघि विराटनगरका लागि सुनिल धमलाले अर्धशतकीय पारी खेलेका थिए। उनले सर्वाधिक ६१ रन बनाए। त्यस्तै कप्तान प्रदीप ऐरीले अभिजित ३३ रन बनाउँदा मुहम्मद जाइद आलमले २० रन बनाएका थिए। त्यस्तै लोकेश बमले र पुनीत मेहराले समान १९ रन बनाएका थिए।
यता बुटवलका लागि हर्ष टोङ्कले २ विकेट लिँदा ललितसिंह भण्डारी र अविनास बोहोराले समान १/१ विकेट लिए।
पारस खड्काको कप्तानीमा रहेको चितवन अपराजित रहँदै यसअघि नै फाइनल पुगिसकेको छ।