PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

गृहमन्त्रीको निर्देशन : भोलिबाटै काठमाडौंका होर्डिङ बोर्ड हटाउ



पहिलोपोस्ट

गृहमन्त्रीको निर्देशन : भोलिबाटै काठमाडौंका होर्डिङ बोर्ड हटाउ

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले भोलिदेखि नै काठमाडौंभित्र रहेका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट लगायतका सामाग्री हटाउन निर्देशन दिएका छन्।

बिहीवार गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री थापाले सम्बन्धित निकायलाई यस्ता सामग्री हटाउन निर्देशन दिएका हुन्। चारवटा समूह बनाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् निर्देशन दिइ कारबाही अगाडि बढाउने तयारी भएको छ।

त्यस्तै, बैठकले अव्यवस्थि रुपमा राखिएका टेलिफोन, केवल तथा इन्टरनेट सेवा प्रदायकाका तार समय सीमा तोकी सार्वजनिक सूचना जारी गरी हटाउने निर्णय गरिएको छ। तोकिएको समय अविधिभित्र नहटाए त्यस्ता तारहरु काट्ने निर्णय समेत भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell