PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

नार्कले उत्पादन थाल्यो उन्नत जातका भ्यान्टा



राधेश्याम पटेल

नार्कले उत्पादन थाल्यो उन्नत जातका भ्यान्टा

वीरगंज : क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरले उन्नत जातका स्थानीय भ्यान्टाको विकास गरेको छ। केन्द्रले भ्यान्टाको अनुसन्धान पुरा गरी यसै वर्ष सिफारिसको लागि कृषि अनुसन्धान परिषद् (नार्क)मा पठाउने तयारी गरेको हो।

केन्द्रका क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठका अनुसार उक्त जातको भ्यान्टाको नाम 'परवानीपुर सेलेक्सन १ (पिएस१)' राखिएको छ।

उक्त भ्यान्टाको अनुसन्धान माओवादी सशस्त्र द्वन्द्व तथा मधेश आन्दोलनका कारण रोकिएको थियो। तर पछिल्लो ४ वर्षदेखि केन्द्रका वैज्ञानिकहरुले निरन्तर अनुसन्धान गरी उक्त उन्नत जातका भेन्टाको विकास गरेका हुन्। एउटा भ्यान्टाको विरुवामा ७ देखि ८ सय ग्रामका ५० भन्दा बढी फल लाग्ने बताइएको छ।

उत्पादनको दृष्टिकोणले अहिलेसम्मको सबै भन्दा बढी उत्पादन दिने भएकोले बारा र पर्सामा यो भ्यान्टा प्रख्यात छ। एक कट्ठामा २० देखि २५ मन (८ सयदेखि हजार केजी) को दरले भ्यान्टा उत्पादन हुने केन्द्रले जनाएको छ। रोपेको ६० दिनमा टिप्न सकिने र लगातार ३/४ महिनासम्म फल्ने भएकोले नेपाली किसानलाई निकै फाइदा पुर्‍याउने जात भएको केन्द्रको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell