PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु



रासस

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

बनेपा : धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित बिपी राजमार्गमा आज अपराह्न सुमो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–८ की अन्दाजी २५ वर्षीया मीनाकुमारी बोगटी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ६१५३ नम्बरको सुमो आफैँ अनियन्त्रित भई सडक किनारामा भएकोे बारमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएकी बोगटीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका बोगटीको अन्दाजी चार वर्षीय छोरा बल्लभ खड्काको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। गाडी र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको गिरीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell