PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

'माइनस'मा पुग्यो मनाङको तापक्रम, धमाधम जिल्ला छाड्दै स्थानीय



रासस

'माइनस'मा पुग्यो मनाङको तापक्रम, धमाधम जिल्ला छाड्दै स्थानीय
फोटो : रासस।

मनाङ : चिसो बढेसँगै मनाङको तापक्रम माइनस दश पुगेको छ। चिसोका कारण मनाङवासी जिल्ला बाहिर जानेक्रम जारी रहेको छ।

पर्यटक, कर्मचारी र जिल्लाभित्र रहेका स्थानीयवासी घरभित्र नै बस्न बाध्य भएका छन्। जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक श्रवणकुमार विकले मनाङको तापक्रम माइनस १० पुगेकोे जानकारी दिए। बेलुकी माइनस १६ देखि २० डिग्रीसम्म पुग्ने गरेको उनले बताए।

उनका अनुसार खानेपानीको मुहान जमेर पानी धारोमा आएको छैन भने मानिस घरभित्र बस्न बाध्य भएका छन्। माथिल्लो भेगमा रहेका मानिस बेँसीतिर झरिसकेका छन्। थोराङला बेसक्याम्पदेखि मथिल्लो मनाङ सुनसानजस्तै भएको छ। पर्यटक आउने जाने क्रम जारी भए पनि होटल व्यवसायी भने होटलमा कुरुवा राखेर जिल्ला बाहिर पुगिसकेका छन्।

प्रमुख जिल्ला अधिकारी पुष्परा ढकालले चिसो बढेपछि जिल्ला सुनसानजस्तो भएको बताए। तल्लो भेगमा समेत अधिकांश मानिसले जिल्ला छोडीसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell