
इङ्ग्लिस प्रिमियर लिगको आज भएको खेलमा टोटेनहमले ब्राइटनलाई हराएको छ। घरेलु मैदानमा भएको खेलमा टोटेनहमले २–१ गोल अन्तरले जित हात पारेको हो।
पहिलो हाफमा १ गोलले पछि परेको टोटेनहमले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा जित हात पारेको हो।
खेलको ३७ औं मिनेटमा एडम वेवस्टरले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले पछि परेको टोटेनहमलाई ह्यारी केनले ५३ औं मिनेटमा गोल गर्दै खेलमा फर्काएका थिए। त्यस्तै डेले अलीले ७२ औं मिनेटमा निर्णयक गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरे।
जितसँगै १९ खेल खेलेर ८ जित ५ बराबरी र ६ हार ब्यहोरेको टोटेनहम २९ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ।