PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

घरेलु मैदानमा चेल्सी साउथह्याम्टनसँग पराजित



पहिलोपोस्ट

घरेलु मैदानमा चेल्सी साउथह्याम्टनसँग पराजित
तस्बिर: Chelsea/twitter

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गतको आज भएको खेल चेल्सी साउथह्याम्पटनसँग पराजित भएको छ। घरेलु मैदानमा भएको खेलमा चेल्सी साउथह्याम्टनसँग २–० ले पराजित भएको हो।

साउथह्याम्टनले पहिलो हाफमा १ र दोस्रो हाफमा १ गोल थपेको थियो। खेलको ३१ औं मिनेटमा साउथह्याम्पटनका लागि ओबाफेमीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा पनि पाहुना टोली साउथह्याम्टनले अर्को गोल थप्यो। ७३ औं मिनेटमा रेडमोन्डले अर्को गोल थप्दा साउथह्याम्टनले चेल्सीमाथि २–० को गोल अन्तरले पराजित भएको हो।

जितसँगै १७ औं स्थानमा रहेको साउथह्याम्पटन १४औं स्थानमा उक्लिएको छ भने चेल्सी चौथोस्थानमा कायम छ।

आजै भएको अर्को खेलमा एस्टोन भिल्लाले नर्विच सिटीलाई १–० ले पराजित गरेको छ। एस्टोनका लागि ६४ औं मिनेटमा आवरइहानले ६० औं मिनेटमा निर्णायक गोल गर्दै टिमको जित सुनिश्चित गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell