PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

माघ २ गतेदेखि प्रदेश २ मा छोरी बिमा सप्ताह



पहिलोपोस्ट

माघ २ गतेदेखि प्रदेश २ मा छोरी बिमा सप्ताह

जनकपुरधाम : प्रदेश सरकारले 'बेटी पढाऊ बेटी बचाऊ' कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बिमालाई जनस्तरसम्म पुर्‍याउन छोरी बिमा सप्ताह सञ्चालन गर्ने भएको छ।

२०७५ माघ १ गते यता प्रदेशमा जन्मिएका छोरीहरूको शिक्षाको लागि बिमा गर्ने सरकारले घोषणा गरे पनि प्रभावकारी रूपमा काम हुन सकेको थिएन। लक्ष्य अनुसार काम नभएपछि प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गरी बिमा सप्ताह मनाउने निर्णय गरेको हो।

माघ २ गतेदेखि आठवटै जिल्लामा शिविर सञ्चालन गरिने अभियान संयोजक प्रियंका यादवले जानकारी दिइन्।

शिविरमा शिक्षा बिमाका साथै छोरीहरूको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरणसहितका कार्यक्रम हुनेछन्। पछिल्लो एक वर्षभित्र जन्मेका छोरीहरूको बिमा शतप्रतिशत पुर्‍याउने लक्ष्य प्रदेश सरकारको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell