PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

फ्राइडे रिलिज : नेपाली हलमा छायो बलिउड फिल्म ‘गुड न्युज’



पहिलोपोस्ट

फ्राइडे रिलिज : नेपाली हलमा छायो बलिउड फिल्म ‘गुड न्युज’

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली हलहरुमा बलिउड फिल्म ‘गुड न्युज’ प्रदर्शनमा आएको छ। यो साता पनि कुनै नेपाली फिल्म प्रदर्शनमा नआँउदा बलिउड फिल्म ‘गुड न्युज’ले मल्टिप्ल्केस कब्जा गरेको हो। 

गतसाता पनि नेपाली सिनेमा हलमा बलिउड फिल्म 'दबंग ३'  मात्र रिलिज भएको थियो।

राज मेहेता निर्देशित फिल्म ‘गुड न्युज’मा अक्षय कुमार, करिना कपूर, दिलजित र कायरा आडवाणी लगायतको मुख्य भूमिका रहेको छ। कमेडी जनारामा निर्माण भएको यस फिल्ममा ज्योती कपूरको कथा र पटकथा रहेको छ।

‘गुड न्युज’लाई धर्मा प्रडोक्सनले निर्माण गरेको हो। सन्तानको चाहनामा रहेको दुई जोडीको कथालाई ‘गुड न्युज’मा प्रस्तुत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell