PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

फोहोर बोक्ने मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु



रासस

फोहोर बोक्ने मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

बेत्रावती : फोहोर विसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक आज बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

फोहोर बोकेर पासाङल्हामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०:३० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तीनपिप्लेले जनाएको छ।

ना २ क ३३८ नम्बरको मिनीट्रक दुर्घटना हुँदा नाम खुल्न बाँकी रहेका चालक र धादिङको गल्छी गाउँपालिका घर भएका अन्दाजी ३० वर्षीय सहचालक कमल लामाको मृत्यु भएको प्रहरी चौकी तीनपिप्लेका प्रहरी नायब निरीक्षक रेशम थापामगरले जानकारी दिए। उनका अनुसार अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल पुगेको मिनीट्रकमा दुर्घटनापछि च्यापिएर उनीहरुको मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell