PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

पोखरा प्रिमियर लिगको फाइनल भोलि, के भन्छन कप्तानहरु?



मुकुन्द घिमिरे

पोखरा प्रिमियर लिगको फाइनल भोलि, के भन्छन कप्तानहरु?

पोखरा : भोलि पोखरा प्रिमियर लिगको फाइनल हुँदैछ। फाइनलमा पारस खड्काले कप्तानी गरेको चितवन राइनोजले प्रदीप ऐरीको विराटनगर टाइटन्सको सामना गर्नेछ।

फाइनल अगाडी आज प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तानले भोलिको फाइनललाई हल्का रुपमा नलिएको प्रतिक्रिया दिएका छन्। ट्रफी सार्वजनिक गरेपछि दुवै कप्तानले भोलिका खेलका बारेमा यसो भने :

पारस खड्का, कप्तान, चितवन राइनोज

पुरानो नतिजाभन्दा पनि यसपटकको फाइनलका लागि हामी तयारी गर्दैछौं। हामीले कुनै कुरालाई सजिलो तरिकाले लिएका छैनौं। हामीले खेलका सबै पक्षमा केन्द्रित हुँदै हाम्रो हेभी पर्फर्मेन्सलाई निरन्तरता दिने प्रयासमा हुनेछौं।

भोलिको फाइनलका लागि हाम्रो ध्यान केन्द्रित छ। विराटनगरले प्रतियोगितामा राम्रो खेलिरहेको छ। भोली जसको दिन पनि हुन सक्छ। हामी रिल्याक्स भएर बसिरहेका छैनौं।

पोखरामा अहिले क्रिकेट कल्चरको विकास भइरहेको छ। यहाँ अझै धेरै विकास गर्नुछ। यहाँको भौतिक पूर्वाधार विकास गर्ने यो महत्वपूर्ण क्षण हो। प्रतियोगितामा पहिला विदेशी खेलाडी हावी हुने गरेकोमा अहिले घरेलु खेलाडीले राम्रो प्रदर्शन गरेका छन्। यसले हामीमा आत्मविश्वास बढाएको छ।

प्रदीप ऐरी, कप्तान, विराटनगर टाइटन्स

हाम्रो प्रतिद्वन्दीले प्रतियोगितामा राम्रो खेलेको छ। पछिल्लो पटक हामीले पनि राम्रो खेलिरहेका छौं। भोलिको खेलमा हामी त्यसलाई निरन्तरता दिनेछौं। 

फाइनललाई लिएर हामी निकै उत्साहित छौं। भोलि हामी हाम्रो गल्ती सच्याउँदै जित्ने प्रयासमा हुनेछौं। हामीले फाइनलमा राम्रो गर्ने अपेक्षा लिएका छौं। 

लोकेश बमले राम्रो खेलिरहेको छ। फाइनलमा उबाट धेरै आशा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell