PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

मकवानपुर जीप दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो



रासस

मकवानपुर जीप दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो

हेटौँडा : मकवानपुरमा आज भएको सुमो जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। रौतहटबाट काठमाडौंका लागि जाँदै गरेको सुमो मकवानपुरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरुमा रौतहटको चन्द्रपुर नगरपालिकाका २१ वर्षीय मनिष विश्वकर्मा, २० वर्षीया सृजना विश्वकर्मा, ६५ वर्षीय केदारप्रसाद तिमल्सिना रहेका छन्। अन्य दुई मृतकको पहिचान भने अझै खुल्न सकेको छैन।

दुर्घटनामा परी घाइते हुनेहरुमा सुमो चालक हेटौँडा–१७ का अनिल विश्वकर्मा, रौतहटको माधवनारायण नगरपालिकाका जैसा साह र गरुडा नगरपालिकाका नन्दकिशोर साह तथा सर्लाहीको वाग्मती नगरपालिकाका रञ्जित रिजाल रहेका छन्।

घाइतेहरुमध्ये दुई जनाको काठमाडौंको बल्खुस्थित वयोधा अस्पताल र अन्य दुईको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

ना १ ज ३४३३ नम्बरको सुमो जीप आज मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा दुर्घटनामा परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell