PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

पिपिएल फाइनल : अनिल र रोहनको अर्धशतकमा विराटनगरलाई चितवनको २ सय ३ रनको विशाल लक्ष्य



मुकुन्द घिमिरे

पिपिएल फाइनल : अनिल र रोहनको अर्धशतकमा विराटनगरलाई चितवनको २ सय ३ रनको विशाल लक्ष्य

पोखरा : पोखरामा जारी पोखरा प्रिमियरल लिग (पिपिएल) को फाइनल खेलमा चितवन राइनोजले बिराटनगर टाइटन्सलाई २ सय ३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनाएको हो।

चितवनका लागि आक्रामक ओपनिङ गरेका कप्तान पारस खड्कालाई किशोर महतोले ३ दशमलव २ ओभरमा आउट गराए। पारसले ११ बलमा २५ रन बनाए। त्यसपछि ब्याटिङमा आएका बाबर हयातलाई ४ दशमलव ४ ओभरमा ५ रनमै मोहम्मद जैद आललले बोल्ड आउट गरे।

त्यसपछि आएका अनिलकुमार शाहले रोहन मुस्तफासँग ९५ रनको साझेदारी गरे। उनले ३४ बलमा ३ चौका र ३ छक्काको सहायतामा ५० रन बनाउँदा पुनित मेहेराले उनलाई आउट गराए। १५ दशमलव १ ओभरमा अनिल आउट भएका थिए भने त्यसको ३ बल पछि नै ५० रन बनाएर खेलिरहेका रोहन मुस्तफालाई पुनित मेहेराले नै पभेलियन फर्काए।

त्यसपछि आएका आरिफ शेखले १९ रन बनाउँदै आउट हुँदा करण केसीले ८ बलमा आक्रामक २६ रन बनाउँदै अभिजित रहे। सन्नी पटेल १६ रनमा अभिजित रहे।

विराटनगरका लागि मोहम्मद जैद आलम र पुनित मेहेराले समान २/२ विकेट किशोर महतोले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell