
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) इण्डोपेसिफिक रणनीतिको अंग होइन भन्दै संसदबाट पारित गर्छौं भन्नेहरुले जनतालाई ढाँटेको आरोप लगाएका छन्।
रावलले शनिवार ट्वीटरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासका अधिकारी कार्ल रोजर्सले एमसीसी इण्डो-पेसिफिक रणनीतिको अंग भएको तथ्य सार्वजनिक संचार माध्यममा स्पष्ट गरेको उल्लेख गरेका छन्।
'काठमाडौंस्थित अमेरिकी दूतावासका अधिकारी कार्ल रोजर्सले एमसीसी इण्डो-पेसिफिक रणनीतिको अंग भएको तथ्य सार्वजनिक संचार माध्यममा स्पष्ट गर्नुभएको छ। नेपाल सरकार र पार्टीका उच्च पदमा बसेर एमसीसी इण्डोपेसिफिक रणनीतिको अंग होइन संसदबाट पारित गर्छौं भन्नेहरूले जनतालाई ढाँटेको स्पष्ट भएन र?,' उनले ट्वीटमा भनेका छन्।
काठमाडौंस्थितअमेरिकी दूतावासका अधिकारी कार्ल रोजर्सले एमसीसी इण्डो-पेसिफिक रणनीतिको अंग भएको तथ्य सार्वजनिक संचार माध्यममा स्पष्ट गर्नुभएको छ।नेपाल सरकार र पार्टीका उच्च पदमा बसेर एमसीसी इण्डोपेसिफिक रणनीतिको अंग होइन संसदबाट पारित गर्छौं भन्नेहरूले जनतालाई ढाँटेको स्पष्ट भएन र ?
— Bhim Rawal (@BhimRawal179) December 28, 2019
पुस ७ गते सकिएको नेकपाको स्थायी कमिटी बैठकमा एमसिसी इण्डो पेसिफिकको अंग भए नभएको स्पष्ट हुनुपर्ने कुरा जोडदार रुपमा उठेको थियो। नेकपाका नेताहरुको यो विषयमा मतविभाजन देखिन्छ।