PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

प्रहरीलाई घुस दिन खोजेको अभियोगमा एक जना पक्राउ



रासस

प्रहरीलाई घुस दिन खोजेको अभियोगमा एक जना पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति सुरक्षामा खटिएका प्रहरीलाई घुस दिन खोजेको अभियोगमा वीरगंज महानगरपालिका–२ छपकैयाका अम्बेया खातुनलाई पक्राउ गरेको छ।

वीरगंजबाट हेटौँडा जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ताकपडा नियन्त्रणमा लिएपश्चात् ती सामान छुटाइदिन भन्दै खातुनले प्रहरीलाई २८ हजार रुपैयाँ घुस दिन खोजेको आरोप लागेको छ।

खातुनले इलाका प्रहरी कार्यालय जीतपुर बाराका प्रहरीलाई घुस दिन खाजेको आयोगले आज जनाएको छ। आयोगले घुस रकमसहित खातुनलाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। आरोपी खातुनको अनुसन्धान जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell