PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

नेकपा सचिवालय बैठक सुरु, सभामुख चयन र एमसीसी मुख्य एजेण्डा



पहिलोपोस्ट

नेकपा सचिवालय बैठक सुरु, सभामुख चयन र एमसीसी मुख्य एजेण्डा

काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा प्रारम्भ भएको छ। बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी) बारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो। यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell