PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

‘विप्लव’ समूह निकट युवा संगठनका जिल्ला सचिव पक्राउ



पहिलोपोस्ट

‘विप्लव’ समूह निकट युवा संगठनका जिल्ला सचिव पक्राउ

कैलाली : प्रहरीले कैलालीबाट नेत्रविक्रम चन्द ‘विप्लव’समूह निकट युवा संगठनका जिल्ला सचिवलाई पक्राउ गरेको छ। शुक्रवार कैलालीको टीकापुरबाट युवा संगठनका जिल्ला सचिव प्रकाश खड्कालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।

उनका साथबाट चन्दा संकलन गर्न प्रयोग भएका २ ठेली रसिद, पार्टीका पर्चापम्पलेट र विभिन्न व्यक्तिबाट चन्दा संकलन गरिएको टिपोटसहितको एउटा डायरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

उनी विरुद्ध चन्दा ऐन अन्तर्गत कारबाहीका लागि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell