PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

निसर्ग अस्पतालकी नर्स सोनम ऐर मृत अवस्थामा फेला



एम बम

निसर्ग अस्पतालकी नर्स सोनम ऐर मृत अवस्थामा फेला

कैलाली : कैलालीको धनगढीमा एक स्टाफ नर्स मृत भेटिएकी छन्। धनगढी उप महानगरपालिका वडा नम्बर ५ हसनपुरको ऐश्वर्या स्कुल नजिकै डेरामा बस्दै आएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० की २० वर्षीय सुनम ऐर मृत अवस्थामा भेटिएकी हुन्।

हसनपुरमा डेरामा बस्दै आएकी ऐर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश कार्कीले बताए। ऐरको बन्द कोठाभित्र सुतेकै अवस्थामा शव भेटिएको उनले बताए।

ऐर धनगढीको निसर्ग र नवजीवन अस्पतालमा काम गर्दै आएको प्रहरीले जनाएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell