PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

बैंकको एटिएम बुथ फुटाएर रकम चोरी गर्न खोज्ने दुई जना पक्राउ



पहिलोपोस्ट

बैंकको एटिएम बुथ फुटाएर रकम चोरी गर्न खोज्ने दुई जना पक्राउ

काठमाडौं : बैंकको एटिएम बुथ फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

शनिवार राति चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित सिटिजन बैंकको एटिएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ दाउराडिपो बस्ने मुगु सोरू गाउँपालिका-६ घर भएकाहरू २४ वर्षीय चित्र बहादुर शाही र २० वर्षीय नन्दराज धराल रहेका छन्।

उनीहरुले एटिएम मेसिनभित्र राखेको नगद चोरी गर्ने एटिएम राखेको सटरको ताल्चा र मेसिन समेत फुटाएको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले चोरी गर्न लागेको अवस्थामा फेला पारी उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरुको साथबाट एटिएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलामको रेन्च र चक्कु बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell