PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

धनुषा विस्फोटमा मारिएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले तीन लाख दिने, उपचार खर्च डेढ लाख



पहिलोपोस्ट

धनुषा विस्फोटमा मारिएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले तीन लाख दिने, उपचार खर्च डेढ लाख

जनकपुरधामः मंसिर २७ गते धनुषाको महेन्द्रनगरमा भएको विस्फोटमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ राहत दिने भएको छ।

आइतबारको प्रदेश मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई तीन लाख र घाइतेको उपचारका लागि डेढ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

घटनाको भोलिपल्ट स्थलगत निरीक्षणमा पुगेका मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारलाई राहत र घाइतेको उपचार खर्च प्रदेश सरकारले उपलब्ध गराउने बताएका थिए। विस्फोटमा प्रहरी निरीक्षक अमिर दाहाल, मेडिकल व्यवसायी राजेश साह र उनको छोरा आनन्दको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell