PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

तीन जलविद्युत आयोजनाको लगानी स्वीकृत, त्रिशुली १ को मात्रै ६५ अर्ब



पहिलोपोस्ट

तीन जलविद्युत आयोजनाको लगानी स्वीकृत, त्रिशुली १ को मात्रै ६५ अर्ब

काठमाडौं : लगानी बोर्डले तीन जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत परियोजनाको ६५ अर्ब, मर्स्याङदी बेसी जलविद्युत परियोजनाको ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली ३ बी जलविद्युत परियोजनाको ८ अर्ब २२ करोड ७४ लाख बराबरको लगानी स्वीकृत गरेको हो।

बैठकले अरुण-३ जलविद्युत आयोजनाको छ्याङकुटी-दिदिङ प्रवेशमार्गमा रहेको मुआब्जा विवाद सम्वन्धमा अध्ययन गर्न गठित छानविन समितिलाई प्राविधिकसहितको जनशक्ति उपलब्ध गराएर दुई महिनाभित्रै यथार्थ विवरण पेश गर्नेगरि पुनर्गठन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell