PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

चिसो बढेपछि सुदूरपश्चिमका विद्यालयमा दिइयो बिदा



एम बम

कैलाली : अत्यधिक चिसो बढ्दै गएपछि धनगढी उपमहानगरपालिकाले चार दिन विद्यालय बिदा दिने निर्णय गरेको छ। शिक्षा सरोकारवालाहरुसँग आज बसेको बैठकमा विद्यालय बिदा दिने निर्णय गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले जानकारी दिए।

शीतलहरूसँगै अत्यधिक चिसो बढ्दा स्कुले बालबालिका प्रभावित हुन थालेपछि विद्यालयमा बिदा दिने निर्णय गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृप ओडले बताए। उपमहानगरमा रहेका सामुदायिक र संस्थागत विद्यालय पुस १५ देखि १८ गतेसम्म बिदा दिने निर्णय गरिएको छ।

उता कैलालीको घोडाघोडी नगरपालिका र कञ्चनपुरका केही स्थानीय तहले पनि विद्यालयमा ४ दिन बिदा दिने निर्णय हिजो नै गरिसकेका छन्।

कैलालीमा २०६९ सालयताको सबै भन्दा बढी चिसो महसुस गरिएको छ। चिसो तथा शितलहरका कारण सुदूरपश्चिम प्रदेशमा जन जीवन कष्टकर बनेको छ। चिसो बढ्दै गएपछि विशेषगरी बालबालिका र वृद्धरवृद्धा बढी प्रभावित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell