PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

कदम थिएटरको भवनका लागि 'झोला हराएको मान्छे'



पहिलोपोस्ट

कदम थिएटरको भवनका लागि 'झोला हराएको मान्छे'

रुद्रबहादुर पोखरेलको पासपोर्ट हरायो, कतारको भिसासहित। भोजपुरबाट परदेशको सपना देखेर आएको उ काठमाडौंमा अलपत्र पर्छ। उसको झोलासँगै पासपोर्ट मात्र होइन पचासी हजार नगद, लुगाफाटो पनि हराउँछ।

झोला खोज्न भौतारिएको रुद्रेले काठमाडौंको म:म पसलमा भाडा माझ्नेदेखि सडकमा लुगा बेच्ने काम समेत गर्छ। तर, पैसा पाउनुले उनको चैन फर्कदैन। झोलासँगै हराएको सपना बिर्सन सक्दैन। त्यसपछि उसले गरेको संघर्ष र भोगाइ समेटेको छ नाटक ‘झोला हराएको मान्छेले’।

बेरोजगारीका कारण विदेशिन बाध्य युवा, सँगसँगै गरिबीका सडकपेटीमा अरुलाई लुट्न र शरीर बेच्न बाँध्यहरुको कथा देखाउँछ नाटकले। नाटक निर्माण टोलीले भने देशमा स्वरोजगारको बाटो बनाइरहेकाहरुलाई सहयोग गर्दैछ। नाटकघर निर्माणका लागि काम गरिरहेका युवा रङ्गकर्मीलाई आर्थिक सहयोगका लागि मण्डला थिएटरमा नियमित मञ्चनरत् नाटकको अतिरिक्त सो राखेका छन्।

पुस १५ गते, मंगलबार दिउसो उक्त नाटकको च्यारिटी हुन लागेको हो। झापा, दमकमा निर्माणाधिन कदम थिएटरको भवनको सहयोगार्थ। दुई वर्ष अघि स्थापना भएको कदम थिएटरले ‘मरिचेको चुप्पी’बाट नाटक मञ्चन सुरु गरेको थियो। पछिल्लो पटक झापा र काठमाडौंमा नाटक ‘गैंडा टाइम्स’ मञ्चन गरेको थियो। कदम थिएटरको आफ्नै नाटकघर भने थिएन।

नाटक ‘झोला हराएको मान्छे’को टिकट खरिदबाट संकलित रकम कदम थिएटरलाई दिइनेछ। जसका लागि टिकट शूल्क ५०० राखिएको छ।

स्लिम जीवनद्वारा लिखित नाटक दीपेन्द्र शाहीले निर्देशन गरेका हुन्। नाटकमा चन्द्र नेपाली, विकास लामा, सुनिशा बजगार्इं, सन्जितप्रताप मल्ल, सबिना थापा, नवीनचन्द्र अर्याल, गणेश पौडेल, जयराम ढकाल, स्लिम जीवन, मणिराज पौडेल, विशाल श्री, आनन्द्र महत, मोहन राई, अरुण पौडेल लगायतको अभिनय छ। 

नाटकको नियमित मञ्चन पुस २० गतेसम्म हरेक साँझ ५ बजे सुरु हुनेछ। हरेक शनिबार दिउसो १ बजेपनि अतिरिक्त सो रहनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell