PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ठमेलमा भिजिट २०२० को हेर्नुस रौनक : भ्रमण वर्षको स्वागतमा सांस्कृतिक र्‍याली

ठमेलमा भिजिट २०२० को हेर्नुस रौनक : भ्रमण वर्षको स्वागतमा सांस्कृतिक र्‍याली

प्रवीण रानाभाट/पहिलोपोस्ट


सरकारले पुस १६ गते  (जनवरी १, २०२०) बुधवार राष्ट्रिय महोत्सवकै रूपमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक शुरुआत गर्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको दशरथ रङ्गशालामा आयोजना हुने विशेष समारोहमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्दैछिन्।

भ्रमण वर्षको तयारी अन्तिम चरणमा रहँदा काठमाडौंको पर्यटकीय हब ठमेलमा भने भिजिट नेपाल २०२० को चहलपहल सुरु भइसकेको छ।

ठमेलको नरसिंह चोकमा 'भिजिट नेपाल २०२०' को स्वागतमा मौलिक शैलीमा मण्डल बनाइएको छ। ठमेललाई खुल्ला पार्ने उद्देश्य सहित तार व्यवस्थापनको काम लगभग सकिएको छ।

यसैबीच आज नेपाल पयर्टन बोर्ड, ठेमल पर्यटन विकास परिषद् लगायतका संघसंस्थाको पहलमा ठमेलमा भ्रमण वर्षको स्वागत र्‍याली निकाल्यो। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले र्‍यालीको शुभारम्भ गरेका थिए। हातमा मैनबत्ती बोकेर विभिन्न जातजातिको पहिरनमा सजिएका मानिसहरुले ठमेल क्षेत्र परिक्रमा गरेका थिए। यस्तै सांस्कृतिक र्‍यालीका क्रममा विभिन्न देवदेवीका नाचहरु प्रस्तुत गरिएका थिए। सरकारले भ्रमण वर्षको अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell