PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

घुस लिएको अभियोगमा कम्प्युटर अपरेटर पक्राउ



रासस

घुस लिएको अभियोगमा कम्प्युटर अपरेटर पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा वीरगञ्ज महानगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर राकेशकुमार जैसवाललाई पक्राउ गरेको छ।

आयोगका अनुसार जैसवालले उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरी दिएबापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा उनलाई आज सोही कार्यालयबाट पक्राउ गरिएको हो। आरोपीमाथि थप अनुसन्धान भइरहेको छ।

यस्तै सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई पाँच हजार रुपैयाँ घुस लिएको अभियोगमा आजै आयोगले पक्राउ गरेको छ। मोरङको सीमा सुरक्षामा खटिएका जवान विश्वासले भारतबाट प्याज ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोग लागेको छ। आरोपी सशस्त्र प्रहरी जवानको छानविन भइरहेको आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell