PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

शहीद स्मारक लिगमा आज दुई खेल, पहिलो खेलमा च्यासलले जाउलाखेलसँग खेल्ने



पहिलोपोस्ट

शहीद स्मारक लिगमा आज दुई खेल, पहिलो खेलमा च्यासलले जाउलाखेलसँग खेल्ने

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै छन्।

 आज हुने पहिलो खेलमा च्यासल युथ क्लवले जाउलाखेल युथ क्लवसँग खेल्ने छ। च्यासलले जारी सिजन ३ खेल खेल्दै समान १ जित १ हार र १ बराबरी खेल्दै ४ अंक जोडेको छ। त्यस्तै जाउलाखेलले ३ खेल खेलेर १ जित र २ बराबरी खेल्दै ५ अंक जोडेको छ। अंकतालिकामा जाउलाखेल युथ क्लव अगाडि रहेको छ। खेल बिहान ११ बजे शुरु हुनेछ।

आजै हुने दोस्रो खेलमा हिमालयन शेर्पा क्लवले ब्रिगेड ब्वाइज क्लवको सामना गर्नेछ। ब्रिगेड ब्वाइजले ३ खेल खेलेर १ जित र २ पराजय भोग्दै ३ अंक जोडेको छ भने हिमालयन शेर्पा क्लवले ३ खेल खेलेर २ हार र १ बराबरी खेल्दै १ अंक जोडेको छ। हिमालयन शेर्पा र ब्रिगेड ब्वाइजको खेल आज दिउँसो ३ बजे शुरु हुनेछ।

आज हुने दुवै खेल सातदोबाटो स्थित एन्फा कम्लेक्सको मैदानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell