PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

सभामुखको टुङ्गो लगाउन वालुवाटारमा ओली र प्रचण्ड



पहिलोपोस्ट

सभामुखको टुङ्गो लगाउन वालुवाटारमा ओली र प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष सभामुख कसलाई बनाउने भन्ने छलफलमा जुटेका छन्।

छलफलका लागि केही समय अघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। गत असोजदेखि रिक्त रहेको सभामुख चयनको विषयमा नेकपा निष्कर्षमा पुग्न सकेको छैन। यही कारण ११ गतेका लागि तय गरिएको संसद बैठक सुचना टाँस गरी रद्द गरिएको थियो। अब संसद १६ गतेका लागि बोलाइएको छ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले सभामुखका लागि छुट्टाछुट्टै उम्मेद्वार अघि सारेका छन्। ओली पूर्व सभामुख समेत रहेका सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा तथा प्रचण्ड स्थायी कमिटी सदस्य अग्नी सापकोटालाई सभामुख बनाउने पक्षमा रहेको बुझिन्छ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउदा उपयुक्त हुने सुझाव दिएको नेकपाका नेताहरु बताउँछन्। पार्टी एकता नहुँदा सभामुख माओवादी तथा उपसभामुख एमालेको भागमा परेको थियो। पूर्व माओवादीहरु आफ्नै पक्षले सभामुख बन्न पाउनुपर्ने माग राख्दै आएका छन्।

यौन शोषणको आरोपमा तत्कालिन सभामुख कृष्ण बहादुर महरा यतिबेला जेलमा छन्। उपसभामुख तुम्बाहाम्फे आफू सभामुख बन्नुपर्ने अडानमा छिन्। यस्तो अवस्थामा सभामुख को ? यहि विषय टुंग्याउन दुई अध्यक्ष छलफल गरिरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell