PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

ट्र्याक्टरले किचेर ट्र्याक्टर चालककै मृत्यु



रासस

ट्र्याक्टरले किचेर ट्र्याक्टर चालककै मृत्यु

दमौली : तनहुँको व्यास नगरपालिका-१ गल्वुबेँसीमा ट्र्याक्टर चालक मृत फेला परेका छन्। म्याग्दे गाउँपालिका-१ गुणादीका २६ वर्षीय सुशील परियार आज बिहान मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए। परियार छाब्दी वाराही कन्स्ट्रक्शन प्रालिको ग १ त २३८२ नम्बरको ट्र्याक्टरका चालक रहेको जनाइएको छ।

ना ६ त ६८७२ नम्बरको ट्र्याक्टर बसपार्कमा रगताम्मे अवस्थामा भेटिएकाले परियारलाई सोही ट्र्याक्टरले किचेको हुन सक्ने प्रहरीको अनुमान छ। उक्त ट्र्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको छ।

'ट्र्याक्टरले किचेर मृत्यु भएपछि शवलाई त्यही छाडेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,' प्रवक्ता लामिछानेले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell