PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

किसानलाई उखुको पैसा नतिर्ने व्यवसायीलाई पक्रन गृहको निर्देशन, प्रहरी मुख्यालयले गर्‍यो पत्राचार



पहिलोपोस्ट

किसानलाई उखुको पैसा नतिर्ने व्यवसायीलाई पक्रन गृहको निर्देशन, प्रहरी मुख्यालयले गर्‍यो पत्राचार

काठमाडौं : उखु किसानको बक्यौता रकम नतिर्ने उद्योग व्यापारीलाई पक्राउ गर्न गृह मन्त्रालयले आदेश दिएको छ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्रचार गर्दै बक्यौता रकम नतिर्ने व्यापारीलाई पक्रन निर्देशन दिएको हो।

लगत्तै प्रहरी प्रधान कार्यालयले आफ्ना मातहतका जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्दै उनीहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न भनेको हो। प्रहरीले कृषकको उजुरी र गुनासोको आधारमा नियन्त्रणमा लिएर ठगीमा अन्तर्गत कारबाही गर्ने भएको छ। लामो समयदेखि आफ्नो रकम नपाएको भन्दै उखु कृषकहरु आन्दोलित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell