PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

आधा किलो सुनसहित हरिराम पक्राउ, मेटल डिटेक्टरले सघायो समाउन



पहिलोपोस्ट

आधा किलो सुनसहित हरिराम पक्राउ, मेटल डिटेक्टरले सघायो समाउन

काठमाडौं : आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

विमानस्थल सुरक्षामा खटिएको प्रहरीले आर ७६८८७३३ नम्बरको राहदानी बाहक हरिराम सुनिललाई सुनसहित नियन्त्रणमा लिएको हो। आगमन कक्षको भन्सार वाक थ्रु गेटमा जाँच गर्ने क्रममा शरीरमा शंकास्पद बस्तु रहेको मेटल डिटेक्टरले संकेत गरेपछि उनलाई नियन्त्रणमा लिएको थियो। शरीर एक्स-रे गर्दा मलद्वारभित्र ५ सय ग्राम सुन फेला परेको प्रहरीले जानकारी दिएको छ।

उनी फ्लाई दुवईबाट नेपाल आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell