PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

राजधानीमा यस्तो देखियो तमु ल्होसारको रमझम

राजधानीमा यस्तो देखियो तमु ल्होसारको रमझम

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज तमु ल्होसार। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। ल्होसारका अवसरमा काठमाडौंको टुंडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन्।

तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ। तमु ल्होसार सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।

 



ट्रेन्डिङ पोस्ट

Ncell