PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

यी हुन् २०१९ मा सर्वाधिक कमाई गर्ने दश बलिउड फिल्म



पहिलोपोस्ट

यी हुन् २०१९ मा सर्वाधिक कमाई गर्ने दश बलिउड फिल्म

मुम्बई : वर्ष २०१९ को अन्त्यमा आइपुग्दा कुन फिल्मले कस्तो व्यापार गर्‍यो भन्ने खालका समीक्षाहरु भइरहेका छन्। त्यस्तै भारतीय सञ्चार माध्यम वेब दुनियाले यो वर्षका टप १० कमाई गर्ने फिल्मको सूचि सार्वजनिक गरेको छ।

वार

बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म 'वार'ले ३ सय करोड १८ लाख रुपैयाँको कमाइ गर्दै वर्ष २०१९ को सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको छ। सिद्धार्थ आन्नद निर्देशित यस फिल्ममा ऋतिक र टाइगरसँगै वाणी कपूरको मुख्य भूमिका रहेको छ।

कबिर सिंह

शाहिद कपूर स्टारर फिल्म 'कबिर सिंह' भारतीय बक्स अफिसमा २ सय करोड ७८ लाख कमाइ गर्दै सार्वधिक कमाइ गर्ने बलिउड फिल्मको दोस्रो स्थानमा परेको छ। लभ स्टोरी जनारामा निर्माण भएको यस फिल्ममा शाहिद कपूरसँगै कियारा आडभानीको मुख्य भूमिका रहेको छ।

उरी : द सर्जिकल स्ट्राइक 

अभिनेता विक्की कौशल र अभिनेत्री यामी गौतम निर्देशित फिल्म 'उरी : द सर्जिकल स्ट्राइक'ले २ सय करोड ४४ लाखको ग्रस कलेक्सन गरेको छ। फिल्म २०१६ मा पाकिस्तानी हमलापछि भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकमा आधारित छ।

भारत 

यस वर्ष प्रदर्शनमा आएको सलमान खान स्टारर फिल्म 'भारत'ले पनि धमाकेदार कमाइ गरेको छ। फिल्मले २ सय करोड ९ लाखको ग्रस कलेक्सन गरेको छ। 

हाउसफुल ४

कमेडी जनारामा निर्माण भएको बलिउड फिल्म 'हाउसफुल ४' ले भारतीय बक्स अफिसमा भारु २ सय ६ करोडको व्यापार गरेको छ। 'हाउसफुल ४' फिल्म 'हाउसफुल'को चौथो सिरिज हो। फिल्ममा अक्षय कुमार, रितेश देशमुख बबी देवल कृती सेनन लगायतले अभिनय गरेका छन्।

मिसन मंगल 

अभिनेता अक्षय कुमार अभिनित 'हाउसफुल ४' सँगै उनकै अभिनय रहेको फिल्म 'मिसन मंगल' पनि व्यापारिक रुपमा सफल रह्यो। 'मिसन मंगल'ले भारु २ सय करोडको कमाई गर्दै बलिउड फिल्मको छैठौं स्थानमा रहेको छ।

टोटल धमाल

कमेडी जनारामा निर्माण भएको फिल्म 'टोटल धमाल'ले पनि भारतीय बक्स अफिसमा औसत व्यापार गर्‍यो। फिल्मले १ सय करोड ५४ लाख भारुको कमाई गरेको छ।

केसरी

त्यस्तै बलिउड फिल्म 'केसरी'ले पनि १ सय करोड ५३ लाखको व्यापार गरेको छ। अनुराग सिंह निर्देशित यस फिल्ममा अक्षय कुमारसँगै परिणिति चोपडाको मुख्य भूमिका रहेको छ।

छिछोरे 

यसैगरी बलिउड फिल्म 'छिछोरे'ले पनि १ सय करोड ५० लाखको व्यापार गरेको छ। फिल्ममा अभिनेता सुशान्त सिंह राजपूत र अभिनेता श्रदा कपूरको मुख्य भूमिका रहेको छ। 

साहो

त्यस्तै बलिउड फिल्म 'साहो'ले औषत व्यापार गर्‍यो। प्रभास स्टारर 'साहो'ले १ सय करोड ४९ लाख भारुको व्यापार गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell