PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

जब मेस्सी जिममा आफ्नै खेल हेरिरहेका थिए...



पहिलोपोस्ट

जब मेस्सी जिममा आफ्नै खेल हेरिरहेका थिए...

पश्चिमा देशहरुमा यतिबेला क्रिसमस सकिएर नयाँ वर्षको माहोल छ। युरोपमा फेस्टिभ मोड चलिरहँदा बार्सिलोनाका अधिकांश खेलाडीहरु क्रिसमस मनाएर सोमबार ट्रेनिङमा फर्किए। केही खेलाडी भने अझै फर्किन बाँकी छ। ती मध्येका एक हुन लियोनेल मेस्सी।

मेस्सी यतिबेला अर्जेन्टिनमा छन्। उनी जनवरी २ मा स्पेन फर्किएर टिम 'जोइन' गर्ने बताइएको छ। उनी अहिले अर्जेन्टिनका रोसारियोमा आफ्नो परिवारसँग रहेका छन्। यद्यपि उनले 'ट्रेनिङ' भने छाडेका छैनन्। सामाजिक सञ्जालमा उनका केही तस्बिरहरु चर्चामा छन् जसमा उनी जिममा व्यायाम गर्दै टिभी स्क्रिन हेरिरहेका छन्। र, टिभीमा उनकै खेल चलिरहेको छ।

यी केही तस्बिरहरु सोमबार एकजना ट्वीटर प्रयोगकर्ता 'ValenJure1' ले सार्वजनिक गरेकी हुन्, जसले मेस्सीलाई उक्त जिममा भेटेकी थिइन्।

उनले मेस्सीलाई भेट्दा मेस्सी टिभीमा आफ्नै खेल हेरिरहेको उनले बताएकी छन्। टिभीमा त्यतिबेला मेस्सीको गोल हाइलाइट्स चलिरहेको थियो।

'म जिममा पुग्दा मेस्सी आँफैले गोल गरेको हाइलाइटहरु हेरिरहेका थिए।' उनले भनेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell