PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

मन्त्रीलाई सांसदको झापड प्रयास : रोके कांग्रेस संसदीय दलका नेताले



पहिलोपोस्ट

मन्त्रीलाई सांसदको झापड प्रयास : रोके कांग्रेस संसदीय दलका नेताले

जनकपुरः  प्रदेश नम्बर २ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवलाई प्रदेशसभा सदस्य प्रमिला देवी दासले झापड हान्ने प्रयास गरेकी छिन्।

सांसद प्रमिलाले मन्त्री रायलाई ताकेर झापड हानेकी थिइन् तर नेपाली काग्रेस संसदीय दलका नेता रामसरोज यादवले उनले हानेको  झापड रोकेका थिए। प्रदेशसभा भवन बाहिर उपभोक्ता समितिले प्रदेश सरकार विरोध प्रदर्शन गरिरहँदा कुरा मिलाउन आएका मन्त्री र प्रदेश सभा सदस्य बीच भनाभन भएको थियो। त्यसै क्रममा प्रदेश सभा सदस्य दाससँग मन्त्री रायले दुर्व्यवहार गरेपछि उनले हात देखाउँदै जथाभावी नबोल्न चेतावनी दिइन् र झापड हिर्काएकी थिइन्।

प्रदेशसभा सदस्य दासले उपभोक्ता समितिको रकम मिलानका लागि पहल गरिदिन आग्रह गर्न भलाकुसारी गर्न पुगेका बेला मन्त्री रायले दुर्व्यवहार गर्दै जथभावी नबोल्न भन्दै महिला भएर जे पायो त्यही बोलेको भनेपछि प्रदेससभा सदस्य दासले झापड हिर्काउनका लागि हात उठाएपछि उग्ररुप लिएको थियो।

गत आर्थिक वर्षमा विभिन्न उपभोक्ता समितिहरुले गरेको कामको ८७ करोड रुपैया अझैँ सम्म भुक्तानी नगर्दा उपभोक्ता समितिहरुले नाराबाजी सहित प्रदेश सभा अगाडि प्रदेश सरकारको विरोधमा धर्ना दिएका थिए।

राय समाजवादी पार्टीबाट राज्यमन्त्री बनेका छन् भने प्रदेसभा सदस्य दास नेपाली काग्रेसको समानुपातिक कोटाबाट मनोनित भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell