काठमाडौं : अभियुक्तसँग रकम लिएको आरोप लागेका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। मंगलवार दिउँसो रिजाललाई नियन्त्रणमा लिएको हो।
गत मंसिर २० गते अभियुक्तसँग रकम लिएर सार्वजनिक मुद्दा नचलाउने निर्णय गरेको अभियोग लागेका सिडिओ खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयले तानेको थियो। रिजालले घुस लिएको भन्दै पीडित परिवारले पत्रकार सम्मेलन गरेर जानकारी दिएपछि घटना बाहिरिएको थियो।
सिडिओ रिजालले दोलखा मेलुङ गाउँपलिकाका कुमारलाख मोक्तान र कालिञ्चोक गाउँपालिकाका उदिम तामाङ र इन्द्रबहादुर राईबाट १ लाख ११ हजार रुपैयाँ घुस लिएको आरोप लागेको थियो। सार्वजनिक मुद्दा मिलाउने भन्दै सिडिओ रिजालले मोक्तानसँग ९० हजार र बाँकी दुई जनासँग २१ हजार रुपैयाँ लिएको आरोप लागेको छ।