PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

नक्कली सुनसहित तीन जना प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

नक्कली सुनसहित तीन जना प्रहरीको नियन्त्रणमा

कैलाली : धनगढीमा २ किलो ४ सय ग्राम नक्कली सुनसहित तीन जना पक्राउ परेका छन्।

धनगढीस्थित बसपार्कको नेशनल गेस्ट हाउसबाट नक्कली सुनसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश कार्कीले जानकारी दिए।

उनका अनुसार बझाङ बुगंल १ का शंकर बोहरासहित तीन जनालाई पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा बरामद भएको वस्तु नक्कली सुन भएको पाइएको उनले बताए।

विस्तृत परीक्षणका लागि ल्याबमा पठाएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell