PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

सुत्केरीको मृत्युमा संलग्न प्रभु अस्पतालका चिकित्सकलाई कारबाही गर्न पीडित परिवारको माग



राधेश्याम पटेल

सुत्केरीको मृत्युमा संलग्न प्रभु अस्पतालका चिकित्सकलाई कारबाही गर्न पीडित परिवारको माग

वीरगंज : प्रभु अस्पतालमा तीन दिनअघि उपचारको क्रममा दुई जना सुत्केरीको मृत्यु भएको घटनामा स‌ंलग्न चिकित्सकलाई कारबाही गर्नु पर्ने माग मृतकका परिवारले राखेका छन्।

अस्पतालमा उपचारको क्रममा मृत्यु भएका वीरगंज-३ भगवतीटोल बस्ने अमृता श्रेष्ठ र बारा जिल्ला पचरौता नगरपालिका-१ पिपरपाती टोल बस्ने २५ वर्षीया सुनीतादेवी ठाकुरको परिवारले पत्रकार सम्मेलन गर्दै कारबाहीको  माग गरेका हुन्।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा दुवै मृतकका परिवारले मेडिकल काउन्सिलको ऐन अनुसार उपचारमा लापरवाही गरेर बिरामीको मृत्यु हुन गएमा २५ वर्ष जेल सजाय हुनुपर्ने व्यवस्था रहेकोले सोही अनुसार सरोकारवाला निकायले आवश्यक छानबिन गरी दोषी चिकित्सकलाई कानुनको दायरामा ल्याउनु पर्ने  बताएका छन्।

प्रसुति गराउँदा चिकित्सकले लापरबाही गर्दा उनीहरुको मृत्यु भएको पीडित परिवारको आरोप छ। सुनीताका जेठाजु साहेब ठाकुरले हालै सञ्चालनमा आएको प्रभु अस्पतालकी डा लक्ष्मी थापाको विगतको रेकर्ड पनि राम्रो नरहेको र यी दुवै घटनामा डा थापा र अस्पताल परिवार दोषी रहेको आरोप लगाए। उनले मृत्युको सम्बन्धमा स्थानीय प्रहरी प्रशासनमा उजूरी हाल्ने र आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पनि उजूरी गर्ने उनले जानकारी दिए।

गत मंसिर ८ गते राति १२ बजे अगावै सुनीताको र १ बजे अमृताको अपरेसन गरी शिशु निकालिएको थियो। बच्चाहरुको अवस्थामा खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

अमृताको ९ गते साँझ ५ बजे मृत्यु भएको थियो भने सुनीताको ११ गते बिहान ३ बजे चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell