
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगमा आज २ खेल हुँदैछन्।
आज हुने पहिलो खेलमा संकटा क्लबले नेपाल पुलिस क्लवको सामना गर्नेछ। ३ खेल खेलेर समान १ जित, १ हार र १ बराबरी खेलेको नेपाल पुलिस र संकटा क्लब दुबैले समान ४/४ अंक जोडेका छन्। गोल अन्तरका आधारमा नेपाल पुलिस ८ औं स्थानमा छ भने संकटा १० औं स्थानमा छ। खेल बिहान ११ बजे सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा हुनेछ।
त्यस्तै आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लवले थ्री स्टार क्लवसँग खेल्ने छ। यी दुवै टोलीलाई लिग उपाधि दाबेदारकै रुपमासमेत हेर्ने गरिन्छ। जारी लिगमा त्रिभुवन आर्मी क्लव ३ खेल खेलेर २ जित र १ हार सहित ६ अंक जोड्दै पाँचौ स्थानमा छ। त्यस्तै थ्री स्टारले २ जित र १ बराबरी खेल्दै ७ अंक जोडेर तालिकाको चौथो स्थानमा छ। खेल दिउँसो ३ बजे एन्फा कम्पेक्स सातदोबाटोमा हुनेछ।