PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित, जिसस चम्किँदा म्यानचेस्टर सिटी विजयी



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित, जिसस चम्किँदा म्यानचेस्टर सिटी विजयी

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको भइको खेलको म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित भएको छ। घरेलु टोली आर्सनलले युनाइटेडलाई २–० गोल अन्तरले हरायो।

आर्सनलको जितमा पहिलो हाफमै निकोलस पेपे र सोक्रातिसले १/१ गोल गरे। दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन्।

खेलको ८ औं मिनेटमा नै पेपेले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। फेरि ४२ औं मिनेटमा सोक्रातिसको गोलमा आर्सनलले २ गोलको अग्ता बनायो जुन जितका लागि पर्याप्त रह्यो।

गएराति नै भएको अरु खेलहरुमा म्यानचेस्टर सिटीले एभर्टनलाई २-१ ले हरायो। सिटीका लागि दुवै गोल ग्याब्रियल जिससले गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा जिससले खेलको ५१ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाए भने ५८ ‍औं मिनेटमा फेरि अर्को गोल थपे।

एभर्टनका लागि रिचार्लिसनले ७१ औं मिनेटमा गोल फर्काए पनि खेलमा फर्कन त्यो पर्याप्त भएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell