
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगमा आज सरस्वती युथ क्लव र विभागिय टिम एपिएफ भिड्दै छन्। आज हुने खेलमा दुवै टिम स्पस्ट ३ अंक जोड्दै जितको खडेरी तोड्न चाहन्छन्।
अंकतालिकाको पुछारमा रहेको सरस्वती युथ क्लव र १२ औं स्थानमा रहेको एपिएफले जारी सिजन जित निकाल्न सकेका छैनन्। दुवै टोलीले समान ३ खेल खेल्दा सरस्वती क्लव ३ वटै खेलमा पराजित भएको थियो भने एपिएफ २ खेलमा पराजित र १ बराबरीमा रोकिएको थियो।
दुवै टोलीका लागि आजको खेल अंक जोड्दै माथि उक्लिन महत्वपूर्ण हुनेछ। खेल सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ।