PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

प्रचण्ड निकट चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन



पहिलोपोस्ट

प्रचण्ड निकट चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन
मल्ल डिएसपी हुँदाको फोटो। फोटो उनकै फेसबुकबाट लिइएको हो।

काठमाडौं : जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

एसपी मल्लको पुस ४ गते नै सरुवा भए पनि उनले जिल्ला छोडेका छैनन्। उनीसहित २४ जना एसपीको एकैचोटी सरुवा भएको थियो। चितवन प्रहरी प्रमुखमा दानबहादुर मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाइएको छ।

मल्ल डिएसपी हुँदा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुरक्षा गार्ड थिए। उनी अध्यक्ष दाहाल निकट प्रहरीका रुपमा चिँनिदै आएका छन्। सुरक्षागार्डपछि उनलाई उपत्यकाको महत्वपूर्ण रुपमा हेरिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गको नेतृत्व दिइएको थियो। त्यसपछि उनी एसपीमा बढुवा भए। एसपीमा बढुवा भएपछि उनले चितवन जिल्ला प्रहरी प्रमुखको नेतृत्व पाएका थिए।

चितवन अध्यक्ष प्रचण्डको चुनावी जिल्ला पनि हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell