PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

(अपडेट) बाजुरामा भएको दुर्घटनामा गाडी धनीले नै चलाएका थिए जीप,चालकको घटनास्थलमा नै मृत्यु



पहिलोपोस्ट

(अपडेट) बाजुरामा भएको दुर्घटनामा गाडी धनीले नै चलाएका थिए जीप,चालकको घटनास्थलमा नै मृत्यु

काठमाडौं: बाजुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। चारै जनाको सनाखत भइसकेको छ।

दुर्घटनामा परी जीपका चालकको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बाजुरा जगनाथ गाउँपालिका घर भएका चालक तथा सवारी धनी रमेश शाहीको मृत्यु भएको हो। त्यस्तै कैलालीका दिनेश कुमार धर्ती, बाजुरा हिमाली गाउँपालिका ६ का पवन भण्डारी र मुगुका पेमा लामाको मृत्यु भएको हो।

आज दिउँसो बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ६ मा से १ ज १०६४ नम्बरको जिप दुर्घटना भएको थियो। यात्रुबाहक जिप बाजुराको झुलाचौरबाट कोल्टीतिर जाँदै थियो।

त्यस्तै जिपमा सवार चार जना घाइते भएका छन् भने अझै एक जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बाजुरका डिएसपी उद्धव सिंह भाटले बताए। बाजुरा जिल्लाकी अन्दाजी १३ वर्षीया सुशीला विक बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

जिप दुर्घटनाको कारण भने खुलिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell