PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट भएको सशस्त्र प्रहरी बलका महानिरीक्षक खनाललाई गृहमन्त्रीको सम्मान



पहिलोपोस्ट

बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट भएको सशस्त्र प्रहरी बलका महानिरीक्षक खनाललाई गृहमन्त्रीको सम्मान

काठमाडौः आर्थिक वर्ष २०७४/७५ को बेरुजु फर्छ्योटमा सशस्त्र प्रहरी बल सर्वोत्कृष्ट भएको छ।

बिहीवार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमा गृहमन्त्री रामबहादुर थापा बादलले बेरुजु फछर्योटमा उत्कृष्ट  योगदान दिएकोमा सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई नगद पुरस्कार सहित सम्मान गरेका थिए।

८६ दशमलव ९६ प्रतिशत बेरुजु फर्छ्योट गर्दै सशस्त्र प्रहरी बल सर्वोत्कृष्ट भएको हो।

कार्यक्रममा महानिरीक्षक खनालले आफ्नो कार्यकालमा पारदर्शी र संगठनको आर्थिक पक्षलाइ उच्च अनुशासित ढंगले कार्य गरेका कारण नै सशस्त्र प्रहरीले बेरुजु फर्छ्योटमा सर्वोत्कृष्ट हुन सफल भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell